मकवानपुर– नेपाल कम्यूनिष्ट पार्टी नेकपा मकवानपुर गढी गाउँकमिटिले सपथ ग्रहण गरेका छन् । शनिबार गाउँकमिटि अध्यक्ष रामजी साकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा केन्द्रीय सदस्य केदार न्यौपानेले सपथ ग्रहण गराउनुभएको थियो । सपथ ग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेर सपथ गराईएको हो ।
नेकपा मकवानपुर गढीगाउँ कमिटिको पूर्वघोषित ७५ सदस्सीय पदाधिकारीलाई केन्द्रीय सदस्य न्यौपानेले सपथ गराउनुभएको थियो । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज बिरोध खतिवडा, केन्द्रीय सदस्य रामेश्वर राना, नेकपा मकवानपुर अध्यक्ष मुनु सिग्देल, सचिव प्रेमबहादुर पुलामी, नेकपा नेताहरु कुमारी मोक्तान, जिल्ला समन्वय समिति मकवानपुकी उपप्रमुख भगवती पुडासैनी, गढी गाउँपालिका अध्यक्ष बिदुर हुमागाईलगायतको सहभागिता रहेको थियो ।