काठमाडौं । राष्ट्रिय महिला क्रिकेट टिमकी पूर्वकप्तान नीरा राजोपाध्याय बागमती प्रदेश क्रिकेट संघको महिला सदस्यमा निर्विरोध निर्वाचित हुनु भएकाे छ । पूर्वकप्तान पारस खड्काको प्यानलबाट चुनावमा उठ्नुभएकी उहाँ एक्लो महिला उम्मेद्‍वार भएका कारण निर्विरोध निर्वाचित हुनु भएकाे हाे ।
उहाँ सन् २०१० मा चीनको गोन्जाउमा भएको एसियन गेम्समा नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको कप्तानको भूमिकामा हुनु हुन्थ्याे। सन् २०१२ मा लेभल २ कोचिङ कोर्स सक्नु भएकी नीराले त्यसयता यू–१९ प्रशिक्षकको रुमपा १ पटक काम गर्नु भएकाे छ ।
उहाँले नवौं राष्ट्रिय खेलकुदमा बागमती प्रदेश महिला क्रिकेट टिमको लागि प्रशिक्षकको भूूमिका निर्वाह गर्नु भएकाे थियाे । लगातार महिला क्रिकेटको विभिन्न भूमिकामा काम गरिसक्नु भएकी नीराले राष्ट्रिय टिमको व्यवस्थापकको भूमिकामा समेत काम गरिसक्नु भएकाे छ । प्राय व्यवस्थापनमा रमाउने नीरा राजोपाध्यायले सबैको साथ र समर्थनले यहाँसम्म आइपुगेको बताउनुभयाे ।
‘साथीहरुले मलाई विश्वास गरेर तपाईं पनि आउनुपर्छ भनेर मलाई यहाँसम्म ल्याउनुभयो । सबैले साथ दिएर जितेको पनि छु । निकै खुसी छु । आगामी दिनमा अझै जिम्मेवार भएर काम गर्नेछु’, नीराले भन्नुभयाे । नीरा निर्विरोध भए पनि अरु पदका लागि भने मतदान भइरहेको छ ।