एसिया कप क्रिकेटमा पाकिस्तानले दिएको ३४३ रनको विशाल लक्ष्य पछयाएको नेपालले खराब सुरुवात गरेको छ । २४३ रनको लक्ष्य पछ्याएको नेपालले सुरुको दुई ओभरमा ३ विकेट गुमाएको छ । नेपालले पहिलो ओभरमै लगातार दुई विकेट गुमायो । शाहिन अफ्रिदीको पाँचौं बलमा कुशल भुर्तेल आउट भए । अर्को बलमा कप्तान रोहितकुमार पौडेल पनि आउट भए ।
दोस्रो ओभरको चौथो बलमा आरिफ शेख पनि आउट भए । नसिम शाहको बलमा उनलाई इफ्तिखार अहमेदले क्याच गरे । यसअघि मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन बनाएको थियो ।