सुनको मुल्य आज सात सय रुपैयाँले घटेको छ । हिजो तोलाको एक लाख १२ हजार रुपैयाँ रहेको सुनको मुल्य आज एक लाख ११ हजार तीन सय रुपैयाँमा झरेको छ । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।