कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज बुधवार एक समारोहका बीच पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आज बुधवार दिउँसाे प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री थापालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
यस्तै सभामुखबाट राजीनामा दिनुभएका बाबुराम गौतम पनि मन्त्री बन्नुभएकाे छ । गाैतम आर्थिक मामिला तथा योजनामन्त्री बन्नुभएकाे छ । यस्तै प्रदीपकुमार यादव खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री र कमलप्रसाद जवेगु भौतिक पूर्वाधार विकासमन्त्री बन्नुभएकाे छ । नवनियुक्त तीन जना मन्त्रीलाई त्यही समाराेहमा प्रदेश प्रमुख खापुङले पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
कांग्रेस संसदीय दलका नेता थापा कांग्रेसका २९ जना, माओवादी केन्द्रका १३ जना, एकीकृत समाजवादीका चार जना र जनता समाजवादी पार्टीका एक जना गरी ४७ सांसदको समर्थनमा हिजाे मङ्गलवार मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे । यसअघि गएको असार २१ गते मुख्यमन्त्री बनेका थापाले सभामुखको समेत समर्थन लिएका कारण सर्वोच्च अदालतले पदमुक्त गरिदिएको थियो ।