विवादास्पद अभिव्यक्ति दिएकाे आराेपमा अधिवक्ता भगवती पाण्डे ‘शीतल’ लाई  प्रहरीले आज बुधवार पक्राउ गरेको छ । मगर र तामाङ समुदायप्रति लक्षित गरी विवाहबारे विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पाण्डेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । अधिवक्ता पाण्डेले केही दिनअघि एक टेलिभिजन अन्तर्वार्ताका क्रममा मुस्लिम, मगर, तामाङलगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । त्यसपछि उनीविरुद्ध परिसरमा जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।
आज नै पाण्डेलाई पक्राउ गर्नुपर्ने माग राख्दै परिसर अगाडि नेपाल मगर सङ्घ र नेपाल तामाङ सङ्घले प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा प्रहरीमाथि ढुङ्गामुढा गर्ने २८ जना पक्राउ परेका छन् ।