मकवानपुर – नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले पाँच दलीय गठबन्धनलाई पराजित गर्ने सार्मथ्य नेकपा एमालेसंग रहेको दाबी गर्नुभएको छ । पार्टीको निर्वाचन लक्षीत कार्यक्रमलाई मकवानपुरगढी गाउँपालिकामा सम्बोधन गर्दै नेता श्रेष्ठले गठबन्धनका बिरुद्ध एमाले कार्यकर्ता एक हुनेबेला आएको भन्दै सबै कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्ने बताउनुभयो ।

May be an image of 10 people, people sitting and indoor

एमाले मकवानपुर गढी गाउँपालिकामा अध्यक्ष रामजी सापकोटाका सभाध्यक्षतामा कार्यक्रम भएको हो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेशका कमिटी सदस्य हर्कमाया रुम्बाको प्रमुख आथित्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बागमती प्रदेश कमिटी सदस्य नवराज तिमल्सिना, जिल्ला सचिवालय सदस्यहरु बिदुर हुँमागाइ, मेम्बर लो, रमिला घलान, जिल्ला सल्लाहाकार परिषद अध्यक्ष बलराम हुमागाई, प्रितमराम रुम्बा लगायतको उपस्थितीे थियो ।