मकवानपुर । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग सञ्चालनको माग गर्दै बिहीबार स्थानीय संघर्ष समितिले हेटौंडा–९, ले उद्योग व्यवस्थापन पक्षलाई ध्यानाकर्षण पत्र बुझाएको छ । बिगत ६ महिनादेखि सञ्चालन हुन नसकेर पूर्ण रुपमा बन्द हुने अवस्थामा पुगेको उद्योग सञ्चालनको माग गर्दै स्थानीय स्थानीय संघर्ष समितिले उद्योगका महाप्रबन्ध वसन्त पाण्डेलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।

हेटौंडा सिमेन्ट उद्योग सञ्चालका लागि उद्योग रहेको स्थान हेटौंडा–९ का वडावासी मिलेर स्थानीय संघर्ष समिति गठन गरेको छ । उक्त संघर्ष समिति बिहीबार उद्योगको मुख्य गेटमा भेला भई उद्योग प्रशासन र व्यवस्थापन बिरुद्ध नारावाजी गर्दै उद्योग परिषरमा पुगेर उद्योगका महाप्रबन्धकलाई ध्यानाकर्ष पत्र बुझाएको हो । उनिहरुले बन्द उद्योग चालु गर, जुँगाको लडाई चाहिँदैन उद्योग बन्द गर्न पाईदैन, असक्षम महाप्रबन्धक राजिनामा दे, संचालक समिति होसियार, सबै मजदुर एक हौं, देश डुब्दैछ सरकार के हेरेर बसेको ?, युवा विदेसीय सरकार के हेरी बसेको ?, बेतिथि प्रथा बन्द गर लगायत नारा लगाएका थिए ।

संघर्ष समितिका संयोजक सुरेश बेरोजगारले उद्योगका अवकास प्राप्त कर्मचारीहरुले पाउनुपर्ने सेवा सुविधा अविलम्व भुक्तानी गर्नु पर्ने र उद्योग तत्काल संचालनमा ल्याउनु पर्ने मागसहित ध्यानाकर्षण पत्र बुझाईएको भन्दै माग सम्बोधन नगरी बे–वास्था गरी ७ (सात) दिन भित्र उद्योग संचालन नगरिए दोस्रो चरणको कडा भन्दा कडा आन्दोलन गर्ने बताउनुभयो । उहाँले दोस्रो चरणको आन्दोलनबाट हुने प्रतिकुल अवस्थाको जिम्मेवार स्वयम् उद्योग व्यवस्थापन नै हुने समेत जानकारी गराउनु भएको छ ।
यस्तो छ, ध्यानाकर्षणपत्र











