मकवानपुर । बागमती प्रदेशसभाको बैठक बिहीबार (आज) दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा सांसदहरुका लागि विशेष समयको कार्यसूचि निर्धारण गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेशसभा सचिवालय हेटौंडाका प्रवक्ता मनोजकुमार गुप्ताका अनुसार प्रदेशसभाको आजको बैठकमा निर्वाचन क्षेत्र केन्द्रीत विषेश समयको कार्यसूचिमा सांसदहरुले निर्वाचन क्षेत्रका समस्या, विकासका काम, आवश्यकता आदिका विषयमा धारणा राख्नु हुनेछ ।
यस्तै आजको बैठकमा प्रदेश लोक सेवा आयोगको गत आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन पेश हुने कार्यसूचि रहेको छ । बैठकमा गत आर्थिक वर्षमा लोक सेवा आयोगले गरेका काम कारवाही लगायतका विषयहरु समेटिएको वार्षिक प्रगति प्रतिवेदन पेश हुने उहाँले बताउनुभयो । यसअघि बुधबार हिजो बसेको प्रदेशसभा बैठकमा ५ वटा विधेयकहरु पेश भएको थियो भने उक्त विधेयकहरु माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत गरिएको थियो ।











