मकवानपुर । मकवानपुर प्रहरीले ४० बोतल लागुऔषध ओनरेक्ससहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । मंगलबार राति प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले ४० बोतल ओनरेक्सहित भारतको पुर्वी चम्पारण जिल्ला, पोष्ट हरपुर नायकटोल विहार बस्ने २६ वर्षिय अर्जुन कुमारलाई पक्राउ गरेको हो ।
पुर्व पश्चिम लोकमार्ग स्थित हेटौंडा–१५, रातोमाटे चेकप्वाईन्टमा पथलैयाबाट हेटौडातर्फ आउँदै गरेको बिआर ०५ एक्स ७५१३ नम्बरको भारतिय मोटरसाईकललाई सुरक्षाजाँच गर्ने क्रममा अर्जुनको साथबाट लागुऔषध अनरेक्स बरामद भएको प्रहरीले जनाएको छ । आफ्नो शरीरको छातीको भाग र मोटरसाईकलको सिट मुनी लुकाएर ल्याएको अवस्थामा ४० बोतल ओनरेक्ससहित पक्राउ परेका अर्जुनलाई नियन्त्रणमा लिई जिल्ला अदालत मकवानपुरबाट लागुऔषध मुद्धामा ५ दिनको म्याद थप अनुमती लिई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।