मकवानपुर । हेटौँडामा मोवाइल पसलमा चोरी गरेर भाग्न लागेको अवस्थामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । मंगलबार राति हेटौंडा–४, स्थित कृष्ण सागर श्रेष्ठले संचालन गर्दै आउनुभएको न्यु ९९ मोवाइल सोलुसन मोवाइल पसलमा चोरी गर्ने क्रममा १७ वर्षीय किशोर पक्राउ परेका हुन् ।

प्रहरीले विभिन्न कम्पनीको मोबाईलहरु तथा नगदसमेत चोरी गरी भाग्न लागेको अवस्थामा बाराको बिश्रामपुर गाउँपालिका–५, बस्ने बर्ष १७ को नाबालकलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका किशोर हेटौँडामा अध्ययनका लागि बस्दै आएको प्रहरीले जनाइएको छ । किशोरले १४ जटा मोवाइल, रिचार्ज कार्ड र नगदसहित ६ लाख ७० हजार २ सय २५ रुपैयाँ बराबरको चोरी गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका किशोरलाई अदालबाट चोरी सम्बन्धी कसुर मुद्धामा ५ दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान अघि बढाइएको छ ।