मकवानपुर– मकवानपुर जिल्लामा बुधबारबाट निजी तथा सार्वजनिक सबै सवारीमा जोरबिजोर प्रणली लागू हुने भएको छ । बुधबारबाट अर्का सुचना नभएसम्म लामो दूरीका सवारी, सरकारी र अत्यावश्यक सेवा (स्वास्थ्य, खाद्यान्न, खानेपानी, तरकारी, फलफुल, दुध तथा दुधजन्य पदार्थ, बैंक तथा वित्तय संस्था, दुरसञ्चार, क्वारेन्टाइन, आइसोलेसन र फोहोरमैला) बाहेकका जिल्लाभित्र संचालन हुने सबै सवारीमा जोरबिजोर लागू हुने भएको हो ।
यसअघि हेटौंडामा चल्ने निजी सवारीमा प्रशासनले जोरबिजोर लागू गरेकोमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको मंगलबार बसको बैठकले यस्तो निर्णय गरेको हो । बुधबारबाट जिल्लामा सैलुन, ब्युटिपार्लर र मदिरा व्यवसाय अर्का सुचना नभएसम्मको लागि बन्द हुनेछन् । कोभिडको मध्यनजर गर्दै यस्तो निर्णयहरु गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जानकारी दिनुभयो ।
