हेटौंडा – महिला जागरण तथा अन्बेशण यात्रामा निस्कनु भएकी साहसी नारी मिनाक्षी दास वेदान्तालाइ हेटौंडामा भव्य स्वागत गरिएको छ । “नारी जागरण एंव धार्मिक स्थलको प्रवर्द्दन” का लागि भारतको आसामदेखि नेपालको मुस्ताङ जिल्ला स्थित लोमाङथान सम्म मोटरसाइकल यात्रामा निस्कनु भएकी मिनाक्षिलाइ हेटौंडामा स्वागत गरिएको हो ।
उहाँलाई हेटौंडामा सामुदायिक प्रहरी तथा सामुदायिक सेवा केन्द्र मकवानपुर, सेवाका लागि युवा हेटौंडा र स्वतन्त्र युवा समाजले स्वागत गरेको हो । सो क्रममा मकावनपुर स्थित विभिन्न धर्मिक तथा पर्यटकीय स्थलहरुको अवलोकन गर्नु भएको थियो । उहाँले मकवानपुर स्थित टाशि छ्योलिंङ बौद्ध गुम्बा पदमपोखरी, कुश्माण्ड सरोवर त्रिवेणी धाम, दुर्गा मन्दिरलगायत हेटौडाको अन्य इतिहासिक तथा पर्यटकीय स्थलहरूको अवलोकन गर्नु भएको सामुदायिक प्रहरी तथा सामुदायिक सेवा केन्द्र मकवानपुरका अध्यक्ष राम बिष्टले जानकारी दिनुभयो ।














