मधेस प्रदेशमा आर्थिक वृद्धि दर १.९० प्रतिशत रहने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा प्रदेशका प्रतिव्यक्ति आय ८७५ अमेरीकी डलर रहने अनुमान गरिएको अर्थमन्त्री सञ्जयकुमार यादवले बताए ।
बिहीबार मधेस सरकारले आफ्नो पहिलो आर्थिक सर्वेक्षण प्रदेशसभामा प्रस्तुत गर्दै प्रदेशको समग्र स्थितिको बारेमा जानकारी दिएको छ । आर्थिक सर्वेक्षणअनुसार मधेस प्रदेशको लागि चालु आवमा विनियोजित रकममध्ये हालसम्म चालुतर्फ २८.६८ प्रतिशत र पुँजीगत तर्फ ३२.२९ गरी कुल ३०.६८ प्रतिशत खर्च भएको छ ।
आव २०७८/७९ मा कृषि, वन, मत्स्यपालन क्षेत्रमा १.३४ प्रतिशत वृद्धि दर भएता पनि आलु आवमा सुधार भई ३.३२ प्रतिशत हुने अनुमान गरिएको छ । वित्तीय सर्वेक्षणअनुसार आव २०७५/७६ को तुलनामा चालु आवमा प्रदेशमा बैंक तथा वित्तिय संस्थाहरु ४७.८ प्रतिशतले वृद्धि भएको छ । यस्तै, एटीएमको प्रयोगकर्ता १७ प्रतिशत, डेबिट कार्ड ६४ प्रतिशत, क्रेडिट कार्ड १२६ प्रतिशतले वृद्धि भएको छ ।