आईसीसी एकदिवसीय विश्व कप छनोटअघि अभ्यास खेलमा ओमानसँगकाे खेलमा नेपालका ओपनर ब्याटर कुशल भुर्तेलले शतक बनाएका छन् । जिम्बावेकाे हरारेमा ओमानले दिएकाे २ सय ६८ रनकाे लक्ष्य पछ्याउने क्रममा कुशलले ९१ बलमा शतक बनाएका हुन् ।
याे समाचार तयार पार्दासम्म नेपालले ३० ओभरमा १ विकेट गुमाएर १ सय ८१ रन बनाएका छन् । अहिले क्रिजमा कुशलसँगै भीम सार्की छन् । भीम सार्कीले ६५ बलमा ५० रन बनाएर खेलिरहेका छन् ।