हेटाैंडा । विश्व रक्तदाता दिवस (जुन १४) को अवसरमा बुधबार भएकाे रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेका छन् । दिवशका अवसरमा नेपाल रेडक्रस सोसाइटी पशुपतिनगर उपशाखा हेटौंडा–९ ले कार्यक्रम आयोजना गरेकाे हाे ।
नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरका सभापति लालबहादुर थापा, उपसभापति खेमराज सापकोटा, यशोदा श्रेष्ठ, मन्त्री सुमित्रा काफ्ले, सदस्य गोकर्ण सुवेदीलगायत उपशाखा समितिका सदस्यहरुको उपस्तिथि रहेको थियाे । मानव रगतको समूह पत्ता लगाउने वैज्ञानिक डा. कार्ल ल्याण्डस्टाइनरको जन्मदिन जुन १४ को अवसर पारेर हरेक वर्ष विश्व रक्तदाता दिवस मनाइन्छ । “नियमित रुपमा रगत तथा प्लाज्मा दान गरौं, जीवन बचाउने कार्यमा हातेमालो गरौं” भन्ने नाराका साथ यस वर्षको रक्तदाता दिवस मनाइएको हो ।