file photo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज स्याङ्जा जाने हुनु भएकाे छ । स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका र आधिखोला गाउँपालिकाको भवन उद्घाटन गर्न उहाँ त्यहाँ जान लग्नु भएकाे हाे ।
उहाँले आज बिहान ११ बजे आधिखोला गाउँपालिकाको भवन उद्घाटन गर्नुहुनेछ । यस्तै दिउँसो १ बजे कालीगण्डकी गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयाे ।