मकवानपुर – बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभामा निर्णयार्थ प्रस्तुत गरेपछि उक्त नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
प्रदेश सरकारले प्रस्तुत गरेको निति तथा कार्यक्रममाथि प्रदेश सभाको हिजो शुक्रबारको बैठकमा छलफल गरीएको थियो । निति तथा कार्यक्रम माथि ४७ जना सांसदहरुले भाग लिनुभएको थियो भने, निति तथा कर्यक्रममाथि केहि सांसदहरुले संशोधन प्रस्ताव दर्ता गराउनुभएको थियो । निति तथा कार्यक्रममाथि सांसदहरु नरोत्तम बैद्य, रजनी अमात्य, बिजया श्रैष्ठ कुसी, रमेश पौड्याल, सोभा शाक्य, रत्नप्रसाद ढकाल, सिता अधिकारी, सुरेन्द्रराज गोसाँई, पुकार महर्जनले संसोधन प्रस्ताव दर्ता गराउनुभएको थियो । उक्त संशोधन प्रस्ताव फिर्ता लिन सभामुख सानुकुमार श्रेष्ठले समय उपलब्ध गराए पनि फिर्ता नभएपछि संशोधन प्रस्ताव माथी निर्णयार्थ प्रस्तुत गरेपछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
यसअघि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले छलफलमा उठेका विषयमा जवाफ समेत दिनुभएको थियो । उहाँले तीन तहको सरकारले संविधानको मर्म अनुसार काम गर्नुपर्ने बताउनुभयो । उहाँले निति तथा कार्यक्रममा उठेका उचित सुझावहरु सम्बोधन गरिने समेत बताउनुभएको थियो । प्रदेश सभाको अर्को बैठक असार १ गते दिउँसो ३ बजेलाई आव्हान गर्नुभएको छ । उक्त बैठकमा प्रदेश सरकारको आव २०७८/०७९को वार्षिक बजेट प्रस्तुत हुनेछ ।