हेटौंडा । मकवानपुर क्षेत्र नम्बर १ (ख) का नेकपा एमालेका उम्मेद्बार एकालाल श्रेष्ठले राष्ट्रिय स्वाधीनता अखण्डता र राष्ट्रहितको निम्ति एमालेलाई मत दिन आग्रह गर्नुभएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ को एमालेको विभिन्न बैठकहरुलाई सम्बोधन गर्दै उहाँले राष्ट्रको गुमेको भुमी फिर्ता ल्याउने पार्टी नेकपा एमाले रहेकाले सबै नेपालीको शिर ठाडो राख्न जित आबश्यक रहेको बताउनुभयो ।
राष्ट्रिय स्वाधीनता अखण्डता र राष्ट्रहितको निम्ति एमालेकाे जित आबश्यक रहेकाे बताउनुहुँदै उहाँले एमालले सरकारकाे पालामा भएका कामका कारण पनि एमालेको जित सुनिश्चित रहेको बताउनुभयो ।हेटौंडा १३ का हरेक नागरिकको समस्या समाधानका लागि आफू प्रत्यक्ष रुपमा लाग्ने बताउनुभयो । एमालेले मकवानपुरसङ्गै देश भरी सुरु गरेको बिकासको लहरलाई एमालेको जितसङ्गै पूरा हुने भनाइ राख्नुभयो । २०७४ मा हेटौंडा उपमहानगरको नेतृत्व एमालेले गरेका कारण अहिले हेटौंडाको बिकासले फड्को मारेको उहाँको भनाई थियो ।
२०७४ को प्रदेश सभामा पनि एमाले नेतृत्व भएका कारण राजधानी हेटौंडा भएको उहाँले स्मरण गराउनुभयो । उहाँले भन्नुभयो हाम्रा बिकासप्रेमी नेता डोरमणी पौडेल यस क्षेत्रबाट उम्मेद्बार बनेर मुख्यमन्त्री बन्नुभयो अनि हामीले गाउँ गाउँ बिकास अनि प्रदेश राजधानी पायौं । कार्यक्रममा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नम्बर–१ का उम्मेदवार कमल थापा, हेटौंडा उपमहानगरपालिकाका निवर्तमान मेयर हरि बहादुर महत लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रममा बिभीन्न पार्टी परित्याग गरेर ४० जना एमालेमा प्रवेश गरेका छन् ।