सङ्घीय संसद्को संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न आज अपराह्न ४ बजे संयुक्त बैठक बस्ने भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख देवराज घिमिरेले सो जानकारी गराउनुभएको हो । सो सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ । प्रतिनिधिसभाको अर्को बैठक आज बिहान ११ बजे बस्नेछ ।