हेटौंडा– आउँदो मंसिर मसान्त सम्म हेटौंडा उपमहानगरपालिकालाई वालमैत्री स्थानिय शासन कार्यान्वयका क्रममा बालमैत्री संरक्षक शिक्षकहरुसँग अभिमुखिकरण गरेको छ । केन्द्रिय सरकारले आउँदो २०८७ सम्म राष्ट्रलाई वालमैत्री शासन घोषणाको तयारी गरेपनि उपमहानगरले तयारी थालेको हो ।
तयारी अनुसार उपमहानगरको आयोजनामा मंगलबार बालमैत्री संरक्षक शिक्षकहरुका लागि बालमैत्री स्थानिय शासन सम्बन्धि अभिमुखिकरण गरेको हो । सामुदायीक तथा सस्थागत बिधालयका शिक्षकहरुसँगको कार्यक्रममा उनिहरुले बिद्यालय तहमा भएका क्रियाकलापको बारेमा जानकारी गराएका थिए ।
सहभागि शिक्षकहरुले बाल समुह गठनगर्दै बाल बचतको काम थालेको समुदायमा बालश्रम सम्बन्धी सचेतना सहितको काम गरेको जानकारी गराएका थिए । अभिमुखिकरणमा बालमैत्री स्थानिय शासन कार्यान्वयनका लागि आवश्यक ५१ वटा सुचकको बारेमा जानकारी गराईएको थियो ।
कार्यक्रमको सहजिकरण गर्दै महिला तथा वालबालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछानेले उपमहानगरपालिकाले लिएको लक्ष्य कार्यान्वयनको चरणमा लैजानका लागि आफ्नो तर्फबाट मूमिका निर्वाह गर्न सबैलाई आवहन गरीन् । उनले मानविय बिकास बिना भौतिक बिकासको आवश्यकता महशुष नहुने भन्दै अहिले उपमहानगरले बोकेको लक्ष्य बालमैत्री शासन युक्त पालिका भएको बताइन् ।
कार्यक्रममा उपमहानगरपालिकाका पुर्वाधार बिकास तथा योजना महाशाखा प्रमुख सत्यनारायण शाह, शिक्षा शाखा प्रमुख रामचन्द्र खड्का सहित सामुदायीक र सस्थागत बिद्यालयका बालमैत्री संरक्षक शिक्षहरुको सहभागिता रहेको थियो ।