हेटाैंडा– कोरोना भाइरसको सङ्क्रमणका कारण आज थप १४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या तीन सय ३६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले तीन जना महिला र ११ जना पुरुषको मृत्यु भएको जानकारी दिनुभयो ।
कोरोना सङक्रमणबाट मृत्यु हुनेहरुमा पर्साकी ७८ बर्षीया महिला, काठमाडौँकी ७६ बर्षीया महिला, तनँहुकी ७६ बर्षीया महिलाको मृत्यु भएको हो भने सुनसरीका ४३ बर्षीय पुरुष, काठमाडौँका ५१ र ५४ बर्षीय पुरुष, भक्तपुरका ७२ र ३८ बर्षीय पुरुष, चितवनका ६१ बर्षीय पुरुष र स्याङ्जाका ८५ बर्षीय पुरुष, गोर्खाका ४५ बर्षीय पुरुष, कास्कीका ५१ बर्षीय पुरुष, र रुपन्देहीका ६० र ४० बर्षीय पुरुषको मृत्यु भएको भएकोे मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।