हेटौंडा– नेपालमा हालसम्म ३७ हजार ५ सय २४ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर पछिल्लो २४ घण्टामा थप ८ सय ५२ जना संक्रमण मुक्त भएसंगै संक्रमण मुक्त हुनेको संख्या ३७ हजार ५ सय २४ पुगेको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।
मन्त्रालयका अनुसार संक्रमण मुक्त हुनेको दर ७० दशमलव ६ प्रतिशत रहेको छ । मन्त्रालयका अनुसार आज देशभर संक्रिय संक्रमितहरुको संख्या १५ हजार २ सय ६० जना रहेको छ भने देशभर संस्थागत आइशोलेसनमा ९ हजार एक सय ७ जना र होम आइशोलेसनमा ६ हजार एक सय ५३ जना रहेका छन् । यस्तै संक्रमितहरुमध्ये १ सय ६० जनाको आइसियुमा र २४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । हाल ५ सय भन्दा बढी संक्रमितहरु उपचारमा रहेका जिल्लाहरु काठमाडौ र ललितपुर सहित चितवन, सुनसरी, सर्लाही र रुपन्देही रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएसंगै नेपालमा ३ सय ३६ जनाको कोरोनाबाट मृत्यु .भएको प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।