हेटाैंडा– नेपालमा पछिल्लो २४ घण्टामा एक हजार २ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित नियमित मिडिया ब्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप एक हजार २ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
प्रवक्ता डाक्टर गौतमका अनुसार १० हजार १ सय ७६ जनाको पीसीआर परिक्षण गर्दा एक हजार २ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसंगै नेपालमा संक्रमितको संखया ५३ हजार १ सय २० पुगेको उहाँले जानकारी दिनुभयो । अब नेपालमा १५ हजार २ सय ६० सक्रिय संक्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा ८ सय ५२ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो संगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३७ हजार ५ सय २४ पुगेको उहाँले जानकारी दिनुभयो । यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएसंगै नेपालमा ३ सय ३६ जनाको कोरोनाबाट मृत्यु .भएको प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।