हेटाैंडा – नेपालमा आज थप ३ हजार ४ सय २१ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । १२ हजार २ सय ४० वटा नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा २ हजार ३ सय ९१ जना तथा ५ हजार ३२ वटा नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ हजार ३० जना गरी जम्मा ३ हजार ४ सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६ सय ८६ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । योसँगै कोरोना भाइरसबाट अहिलेसम्म ६ लाख ४५ हजार ३ सय १ जना निको भएको मन्त्रालयले जनाएको छ । आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको भएको दर ९४ दशमलव ५ प्रतिशत रहेको छ । त्यस्तैगरी कोरोना भाइरसको सङ्क्रमणका कारण २५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ हजार ७ सय ३८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

No photo description available.