हेटाैंडा – अखिल नेपाल महिला (अनेम) संघ मकवानपुर जिल्ला समितिको पहिलो बैठक मगलबार सम्पन्न भएको छ । बागमती प्रदेशकी साँसद जुनेली श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमका सहभागीहरुले महिलाको आर्थिक सबलीकरण हुनुपर्नेमा जोड दिएका छन् ।

No description available.

राज्यले महिलालाइ उद्यम गर्नका लागि विभिन्न अवशर दिएको उल्लेख गर्दै महिलाहरु समूह तथा व्यक्तीगत रुपमा उद्यमी बन्न सक्नेमा सहभागीहरुले जोड दिएका छन्।बैठकले सचिवालयको स्थापना गर्दै जिल्लाका विभिन्न पालिका तथा निर्वाचन क्षेत्रमा कार्यविभाजन र जिम्मेवारी हस्तान्तरण समेत गरेको छ । अखिल नेपाल महिला संघ मकवानपुरकी अध्यक्ष सुमित्रा काफ्लेको अध्यक्षतामा भएको बैठकमा अखिल नेपाल महिला सङघकि केन्द्रिय सचिवालय सदस्य पद्मा पौडेल, नेकपा एमाले केन्द्रीय सदस्य रामेश्वर राना, अखिल नेपाल महिला संघ केन्द्रीय सदस्यहरु पार्बती राना, केन्द्रिय सदस्य मेनुका दाहाल, एमाले मकवानपुर सचिव लाल बहादुर थापा लगायतको उपस्थिति थियो । अखिल नेपाल महिला संघको गत चैत २४ गते हेटौंडामा भएको सम्मेलनबाट निर्बाचित समितिले कोभिडको कारण ३ महिनापछि पहिलो बैठक सम्प्न्न गरेको हो ।