मकवानपुर– अनाथ, असहाय घरबारबीहिन सडक बालबालिकाको आश्रयस्थलको रुपमा हेटाैंडा–४ मा संचालित मामाघर नेपालको घर भाडा उपमहानगरपालिकाले नदिएपछि अहिले संस्था सञ्चालनमा समस्या आएको छ । हेटौंडा उपमहानगरपालिका नियमित रुपमा तिर्दै आएको घरभाडा गत जेष्ठ यता नतिर्दा संस्था संचालनमा समस्या आएको संरक्षक अपर्ण पराजुलीले बताउनुभयो ।
हेटौंडा–११ डाङडुङेमा आफ्नै भवन बनाएर सर्ने अबस्थामा पुगेको मामाघर नेपाललाई अहिले सबै भन्दा ठुलो समस्याका रुपमा पुरानाे घर भाडा परेको छ । उपमहानगरपालिकाले संस्थाको घरभाडा मासिक ४० हजार तिर्दै आएको थियो । तर स्थानीय सरकारले मासिक घर भाडा नतिरिदिदाँ समस्या आएको हो । मामा घर नेपालका संरक्षक अपर्ण पराजुलीले सरकारले गर्ने काम यउटा संस्थाले गर्दै आएकोमा पाई रहेको सहयोग समेत नपाउँदा थप समस्या उत्पन्न भएको बताउनुभयो ।
२०७२ सालबाट निर्माण कार्य सुरु गरिएको भवनका लागि स्पेनको फन्डाकेसन हेरेज संस्थाले एक करोड ४७ लाख ३३ हजार ६ सय २० रुपैयाँ नगद उपलब्ध गराएपछि भवन निर्माणलाई करीब करिब अन्तिम रुप दिन सकिएको पराजुलीले बताउनुभयाे । पुर्ण रुपमा भवन निर्माण सम्पन्न गर्न अझै २५ देखि ३० लाख रुपैयाँ आवश्यक रहेको बेला उपमहानगरपालिकाले गर्दै आएको सहयोग समेत बन्द हुँदा गा¥हो भएको उहाँले सुनाउनुभयो । “पुरानो घरबेटीले घर खाली गर्न भनेको र नयाँ भवन पुर्ण रुपमा तयार नभईसकेकाले सर्न सक्ने अवस्था समेत नभएकोले ति भान्जाहरुलाई काँहा व्यवस्थापन गर्ने चिन्ता लागेको छ” पराजुलीले भन्नुभयो । मामाघर नेपालको स्थापनादेखि हालसम्म १६२ जना बालबालिकालाई सडकबाट उद्दार गरिएको संरक्षक पराजुलीले जानकारी दिनुभयो । जसमध्ये एकसय १८ जनालाई परिवारमा पुर्नस्थापना गराएको तथा हाल संस्थामा १९ जनाले संस्थामा आश्रय लिइरहेको उहाँले बताउनुभयो ।
#केहि दिन अघि संरक्षक पराजुलीसंगकाे भेटका क्रममा भएकाे कुराकानीमा आधारीत