इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्लाेरले लखनउ सुपर जायन्ट्सलाई हराएको छ । लखनउ घरेलु मैदानमा बेङ्लाेरसँग १८ रनले पराजित भयो ।
बेङ्लाेरले दिएको १ सय २७ रनको मध्यम लक्ष्य पछ्याएको लखनउ १९ ओभर ५ बलमा १ सय ८ रनमा अलआउट भयो । गएराति भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको बेङ्लाेरले ९ विकेट गुमाएर १ सय २६ रन बनाएको थियो । उसका फाप डु प्लेसिसले सर्वाधिक ४४ रन बनाए ।
जितसँगै बेङ्लाेर ९ खेलमा १० अङ्कका साथ तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । समान ९ खेलमा १० अङ्क नै रहेको लखनउ तेस्रो स्थानमा छ ।