राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अवसर पाए सांसद स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउने भएको छ । यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि तयार हुनुपर्ने पार्टीको भनाइ छ ।
पार्टीले यसअघिकै मन्त्रालय पाए सरकारमा जाने तयारी गरेको छ । सोमबार बसेको केन्द्रीय समितिको बैठकमा पनि यस विषयमा छलफल भएको थियो । शुक्रबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसेर ठोस निर्णय गरिने प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
बैठकका निर्णय सार्वजनिक गर्दै उनले रास्वपाले यसअघि पाएकै मन्त्रालय दिन र सरकारको न्यूनतम साझा कार्यक्रम पुनर्लेखन गर्न प्रधानमन्त्री तयार भइसकेको जिकिर गरे । उनले प्रधानमन्त्री प्रचण्डले चाहे सांसद वाग्लेलाई अर्थमन्त्री बनाउन पार्टी तयार रहेको बताएका छन् ।