बारा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यकाे उपनिर्वाचनमा मतगणना चलिरहेकाे छ । अहिलेसम्म छ हजार सात सय ७४ मत गन्दा जनता समाजवादी (जसपा) का उपेन्द्र यादवकाे अग्रता कायमै छ ।
ताजा मतपरिणामअनुसार यादवले दुई हजार छ सय मत प्राप्त गर्नुभएकाे छ । उहाँलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहालाई पछ्याइरहनुभएकाे छ । कुशवाहाले दुई हजार ६७ मत प्राप्त गर्नुभएकाे छ । उहाँहरूबीच झन्डै छ सयकाे मतान्तर रहेकाे छ । यस्तै नेकपा एमालेका पुरुषाेत्तम पाैडेलले आठ सय ६१ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेश खरेलले तीन सय तीन मत प्राप्त गर्नुभएकाे छ ।