बेल्जियम युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा डेनमार्कलाई २–१ गोलले हराउँदै बेल्जियमले अन्तिम १६ को यात्रा पक्का गरेको हो । खेलको दोस्रो मिनेटमै युसुफ पाउल्सनले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाए पनि  जितका लागि पर्याप्त भएन । बेल्जियमका थोर्गन हजार्डले ५४ र केभिन डि ब्रुइनले ७० औं मिनेटमा गोल गरे । हिजोको हारसँगै अङ्कविहीन रहेको डेनमार्कको अघिल्लो चरणमा पुग्ने सम्भावना लगभग सकिएको छ । समूह ‘बी’ मा बेल्जियमको ६ तथा रुस र फिनल्यान्डको ३/३ अङ्क रहेको छ ।