मकवानपुर – मकवानपुरको बागमती गाउँपालिका स्थित बागमती नदिमा बिहीबार एक लाख माछाका भुरा छाडीएको छ । प्रकृतिक जलाशय मत्स्य प्रर्वद्धन एवं संरक्षण केन्द्र हेटौडाले जलिय जैबिक बिविधता संरक्षण कार्यक्रम अन्तरगत बागमती गाउँपालिका–४, झुरझरे स्थित बागमती नदीमा रहु र नैनी जातका एक लाख माछाका भुरा छाडेको हो ।
प्रकृतिक जलाशय मत्स्य प्रर्वद्धन एवं संरक्षण केन्द्र हेटौडाका कार्यालय प्रमुख सरोज कुमार यादवको सभाध्यक्षता एवम् बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि घलानले बागमती गाउँपालिकामा पनि माछा मारेर जिविका चलाउने समुदाय रहेको भन्दै भविष्यमा यो कार्यले उक्त समुदायलाई सहयोग पुग्ने बताउनुभयो । यस्तै उहाँले वर्तमान समयमा खोलानालमा विभिन्न विद्युतिय उपकरणको प्रयोग र कल कारखानाबाट फालिएका विभिन्न केमिकलहरुले माछाको संख्या घट्न पुगेको बताउदै त्यस्तो कार्य सबै मिलेर रोक्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा कार्यालय प्रमुख यादवले प्राकृतिक जलाशय (बागमती खोला) मा जलीय जैविक विविधता संरक्षण तथा त्यसमा आश्रित समुदायको जिवन उकास्नले उदेश्यका साथ स्थिानीय जातको मान्छा छोड्ने कार्य गरिएको बताउनुभयो । उहाँले खोलानालामा फोहोर ढल मिसाउने, बिषादी हाल्ने, करेन्ट लगाउने, लगाएतका कारणबाट जलचर मासिने क्रम बढेकाले यसको संरक्षण गरी नदीमा आश्रित समुदायको जिवनस्थर अभिबृद्धिका लागि यो कार्यक्रम गरेको बताउनुभयो । उहाँले नेपालमा ४ लाख १ हजार हेक्टर प्राकृतिक जलाशयको क्षेत्रफल रहेको र देशमा उत्पादन हुने कुल ९७ हजार मेटिक टन माछा मध्ये २१ प्रतिशत माछा प्राकृतिक जलाशयबाट उत्पादन हुने गरेको र प्राकृतिक जलाशयमा ४ लाख जनसंख्या निर्भर रहेको समेत समेत बताउनुभयो । कार्यालयले यस अघि नारायणी नदीमा ४० हजार भुरा छोडेको थियो भने मकवानपुरको सामारी नदीमापनी ३४ हजार माछाका भुरा छाडेको थियो । आर्थिक वर्ष ०७९÷८० को कार्यलयको वार्षिक कार्यक्रमको रुपमा ६ वटा कार्यक्रम रहेकोमा आगामी कार्यक्रम कोशी, कर्णाली, सप्तकोशी, कालीगण्डकी लागएतका नदीहरुमा माछाका भुरा छाड्ने र त्यसको संरक्षण लगायतका कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा बागमती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत झम्क घलान, मत्स्य विकास अधिकृत गोमा कुवर, बलराम आर्चाय, प्रशासन सहायक स्नेह गिरी, महोन यादव, विश्वास रानालगाएत कर्मचारीहरुको उपस्थिती रहेको थियो ।