मकवानपुर – मकवानपुर प्रतिनिधीसभा क्षेत्र नम्बर–१ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । प्रारम्भिक मतपरिणाममा गठबन्धनकी उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले सुरूवाती अग्रता लिनु भएको छ । १३३५ गन्दा गठबन्धनबाट कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले ७८९ मत प्राप्त गर्नु भएको छ । यता एमालेका उम्मेदवार कमल थापाले ३५१ मत प्राप्त गर्नुभएको छ । यस्तै राप्रपाका उम्मेदवार दिपक बहादुर सिंहले ५०, घण्टीका उम्मेदवारले २७ मत, हसिया तारा ३८, क्रस खुकुरी तारा २, छाता २, भाले २, लौरो १, कम्प्युटर १, मादल १, आमा १, मत प्राप्त गर्नु भएको छ । १३३५ मत गन्दा ५८ मत बदर भएको छ । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा कुल मतदाता एक लाख ५० हजार १५५ रहेकोमा महिला ४५ हजार ४५६, पुरुष ४६ हजार १२३ र अन्य चार गरी ९१ हजार ५८३ अर्थात् ६०.९९ प्रतिशतले मतदान गरेका छन् । क्षेत्र नम्बर १ मा दुई स्वतन्त्रसहित १६ जना उम्मेदवार प्रतिष्पर्धामा रहेका छन् । हेटौंडा–२, स्थित सिद्धार्थ माविमा प्रतिनिधीसभाको दुईबटै क्षेत्रको प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभाको चारवटै क्षेत्रको प्रत्यक्ष तर्फको मतगणना जारी छ ।