मकवानपुर – मकवानपुर – मकवानपुर प्रतिनिधीसभा क्षेत्र नम्बर–२ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । प्रारम्भिक मतपरिणाममा नेकपा एमालेका महेश बर्तौलाले सुरुवाती अग्रता लिनु भएको छ । २३ सय ८५ मत गणना हुँदा एमाले (सुर्य) का बर्तौलाले ८४९, गठबन्धन (कलम) का बिरोध खतिवडाले ८२६, स्वतन्त्र पार्टी (घण्टी) का भरत पराजुलीले ४६९ र राप्रपा (हलो) का राजन मैनालीले २७ मत प्राप्त गर्नुभएको छ ।
मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा कुल मतदाता एक लाख ५० हजार ५७८ मतदाता रहेकोमा ४६ हजार ७२३ पुरुष र ३९ हजार ९२९ महिला गरी ८६ हजार ६५२ अर्थात् ५७.५८ प्रतिशत मतदाताले मतदान गरेका थिए । यस क्षेत्रमा एक स्वतन्त्रसहित १० जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा रहेका छन् । हेटौंडा–२, स्थित सिद्धार्थ माविमा प्रतिनिधीसभाको दुईबटै क्षेत्रको प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभाको चारवटै क्षेत्रको प्रत्यक्ष तर्फको मतगणना जारी छ ।