काठमाडौं– विपद व्यवस्थापन परिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।बाढीपहिरोले बिभिन्न जिल्लामा जनधनको क्षति पुर्याएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले परिषदको बैठक बोलाउनु भएको हो । बैठकमा प्रमुख प्रतिपक्षी दल एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत सहभागी हुनुहुन्छ ।