सांकेतिक तस्विर

मकवानपुर – मकवानपुरमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । आइतबार साँझ वर्षसंगै परेको चट्याङ लागेर मकवानपुरको राक्सिराङ गाउँपालिका–१ सानोभावर, गडुवान निवासी ४२ बर्षीय फुलमाया डिम्डुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्कीका अनुसार घरमा बसिरहनु भएकी डिम्डुङ एक्कासि चट्याङ पर्दा गम्भीर घाइते हुनु भएको थियो । उहाँको उपचारको क्रममा हेटौंडा–११ मा रहेको चुरेहिल अस्पतालमा मृत्यु भएको जनाइएको छ । चट्याङ लागेर उहाँका श्रीमान ६० बर्षीय बिरबहादुर थिङ्ग पनि घाइते हुनु भएको प्रहरीले जनाएको छ ।