मकवानपुर – मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले टाईफाईड बिरुद्धको खोप अभियान अन्तरगत तेस्रो दिनमै लक्ष्य ८९ प्रतिशत बालबालिकालाई खोप लगाएको जनाएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धुब्र लामिछानेका अनुसार स्वास्थ्य कार्यालय मकवानपुरबाट प्राप्त लक्ष्य अनुसार ३ दिनमा नै ८९ प्रतिशत प्रगति भएको हो ।

मकवानपुरगढी गाउँपालिकामा १५ महिनादेखि १५ बर्ष सम्मका ५३३५ जना बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाउने लक्ष्य अन्तरगत तीन दिनमा ४७६० जनालाई खोप लगाईएको हो । चैत्र २९ गतेसम्म संचालन हुने अभियानमा २७ वटा विद्यालय र ८ वटा स्वास्थ्य संस्थाबाट खोप लगाउने व्यवस्था गरिएको छ । उहाँले गाउँपालिकाका ३३ वटा खोप केन्द्रमा ४३ जना खोप कार्यकर्ता र ७६ जना स्वय सेवक मार्फत बालबालिकालाई सेवा प्रदान भईरहेको उहाँले बताउनुभयो ।











