मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका– ४ लमकानामा बागमती नदीले मदन भण्डारी राजमार्ग (धरान-चतरा सडक)को केही भाग बगाएको छ । लगातार परेको पानीका कारण बागमती नदीमा आएको बाढीले मकवानपुरको बागमती गाउँपालिका र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका जोड्ने बागमती पुलनजिकैको सडक बागमती नदीले भत्काएको हो ।
बाढी नदीकिनार रहेका घरहरूमा समेत पसेको छ । बाढी आएपछि त्यस स्थानमा रहेका ६ घरका मानिस अन्यत्र सरेकाले कुनै मानवीय क्षति भने नभएको स्थानीयले जानकारी दिएका छन् । बाढीले सडक भत्काएपछि यस सडकखण्ड भएर चल्ने ठूला सवारीसाधन बाटोमै रोकिएका छन् । मोटरसाइकलसम्म आवतजावत गर्न सक्ने अवस्था रहेको बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले जानकारी दिनुभयाे ।