हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठक प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण स्थगित भएको छ । अर्को सूचना नआएसम्मका लागि स्थगित भएको बैठकमा मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले आफ्नो पार्टीले उठाएका प्रश्नहरूको जवाफ नदिएको भन्दै एमालेले अवरोध गरेको थियो ।
प्रदेशसभा बैठकमा सभामुख सानुकुमार श्रेष्ठले बैठक सुरु गर्दै गर्दा एमालेले सरकारसंग जवाफ मागेकोमा मुख्यमन्त्री उनी आफैँ बैठकमा अनुपस्थित रहेको भन्दै बैठक अवरोध गरेको थियो । बुधबार बसेको प्रदेशसभाको बैठकमा समेत सरकारप्रति विभिन्न प्रश्न उठाउँदै एमालेले सदन अवरुद्ध गरेको थियो । प्रदेशमा रहेको विपक्षी दलहरुले सरकारलाई मन्त्रालय विभाजनको औचित्य पुष्टि गर्न चुनौती पेस गरेका थिए । प्रदेशसभामा विपक्षीमा रहेका एमाले, विवेकशील साझा, नेपाल मजदुर किसान पार्टी र राप्रपाको संयुक्त बैठकले मन्त्रालय विभाजन, मन्त्री तथा राज्यमन्त्री थप गरिएको विषयको औचित्य सदनबाटै पुष्टि गर्न चुनौती दिएका थिए ।