इण्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा अहिले मुम्बई इण्डियन्स र राजस्थान रोयल्स खेलिरहेका छन् । आबुधाबीको शेख जयेद स्टेडियममा टस जितेको मुम्बईले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । मुम्बई रोहित शर्माको कप्तानीमा र राजस्थान स्टेभ स्मिथको कप्तानीमा मैदानमा उत्रिएको हो ।
पाँच खेल खेलेको मुम्बई तीन खेल जित्दै ६ अङ्कका साथ दोस्रो स्थानमा छ । त्यस्तै एक खेल कम खेलेको राजस्थान दुई अङ्क बटुल्दै पाँचौँ स्थानमा छ । मुम्बईको प्लेइङ ११ मा रोहित शर्मा, क्विन्टन डी कक, सूर्यकुमार यादव, इशान किशान, हार्दिक पाण्डेया, कायरन पोलार्ड, क्रुनल पाण्डेया, जेम्स प्याटिन्सन, राहुल चाहर, ट्रेन्ट बोल्ट र जसप्रित बुमराह रहेका छन् भने, राजस्थानको प्लेइङ ११ मा जोस बटलर, यशस्वी जैसवाल, स्टेभेन स्मिथ, सन्जु सामसन, महिपाल लोमरर, राहुल तेवतिया, जोफ्रा आर्चर, टम करन, श्रेयस गोपाल, अङ्कित राजपूत र कार्तिक त्यागी रहेका छन् ।









