नेपाल कम्युनिष्ट पार्टी९नेकपा० सचिवालयको आज बसेको बैठकमा पार्टीकोे सांगठनिक एकिकरणको बाँकी काम पूरा गर्ने विभिन्न संवैधानिक र राजनीतिक नियुक्तिको विषयमा छलफल भएको छ ।
बैठकमा यी विषयहरुमा सामान्य छलफल भएको र अध्यक्षद्धयले थप छलफल गरी त्यसपछि बस्ने बैठकबाट निर्णय गरिने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
प्रवक्ता श्रेष्ठले डा। गोविन्द केसीका सम्बन्धमा छलफल भएको र डा. केसी ले उठाएका धेरैजसो मागहरु पहिला नै समाधान भइसकेकाले उहाँका बाँकी मागहरु कोरोना महामारीपछि सम्बोधन गर्न सकिने भएकाले त्यस्तो अवस्थामा अनसन स्थगन गर्न आग्रह गर्नुभयो । उहाँले मन्त्रीपरिषद बैठक र मन्त्रीमण्डलमा क–कसलाई लैजाने भन्ने विषयमा छलफल नभएको बताउनुभयो ।