मकवानपुर– मकवानपुरमा आईतबार अहिले सम्मकै धेरै कोरोना संक्रमित फेला परेका छन् । आज साँझ सार्वजनिक गरिएको रिपोर्टमा मकवानपुरमा आज ४३ जना पुरुष र २९ जना महिला गरि ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
भदौ १९ गते संकलन गरिएको २७५ जनाको स्वाब परीक्षण गर्दा ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईंले जानकारी दिनुभयो । उहाँका अनुसार आज हेटौंडा उपमहानगरपालिकाका ६२ सहित जिल्लाका ७२ जनामा संक्रमण पुष्टि भएको हो । आज हेटौंडा उपमहानगरपालिका ६२ जना, कैलाश गाउँपालिकाका ४ जना, मकवानपुरगढी गाउँपालिकाका २ जना र भीमफेदी गाउँपालिकाका ४ जना रहेका छन् । संक्रमण पुष्टि भएकाहरु २ वर्षका बालक देखि ७३ वर्षका वृद्धा समेत रहेको उहाँले जानकारी दिनुभयो ।