काठमाडौँ । आज देशभर २ सय ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । १० हजार ८ सय ८६ नमूनाको पिसिआर तथा एन्टीजेन परिक्षण गर्दा २ सय ७१ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै आज २ सय २५ संक्रमित निको भएका छन् । हालसम्म ९८ प्रतिशत संक्रमित निको भइसकेको मन्त्रालयको तथ्याङ्क छ । संक्रमण कारण आज थप एक जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ८६ पुगेको छ ।
