मकवानपुर – मकवानपुर प्रहरीले ६७ हजार ६३५ रुपैयाँ नगद र कौडासहित आईतबार आठजना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको बकैया गाउँपालिका–९ बैरुङ्दमार स्थित खुल्ला चौरमा कौडा खेलिरहेको अवस्थामा नगद ६७ हजार ६३५ रुपैयाँ र कौडा सहित सोहि स्थानका ८ जनालाई नियन्त्रणमा लिएको हो ।
कौडा खेलिरहेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय फापरबारी, वडा प्रहरी कार्यालय हेटौंडा र प्रहरी चौकी हात्तिसुँडेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद र कौडासहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । नियन्त्रणमा लिइएका उनिहरु बिरुद्ध जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद थप गराई आबश्यक अनुसन्धान तथा कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरिक्षक राजकुमार सापकोटाले जानकारी दिनुभयो ।