मकवानपुर– मकवानपुरमा साेमबार ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएकाे छ । धरान चतरा सडक खण्ड स्थित हेटौँडा उपमहानगरपालिका–१७ मा ना ५ त ८०८८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हाे ।

हेटौँडाबाट रड बोकेर फापरवारी तर्फ जाँदै गरेको ना ५ त ८०८८ नम्बरको ट्याक्टर दुर्घटना गम्भीर घाइते उनिहरूकाे उपचारका क्रममा मृत्यु भएको हो । गम्भीर घाइते भएका उनिहरूकाे उपचारका क्रममा हेटौँडा अस्पताल मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक शुशिलसिंह राठोरले जानकारी दिनुभयो । दुर्घटनामा अर्का एक जना पनि घाइते भएका रहेकाे र उनकाे उपचार भइरहेकाे तथा अवस्था सामान्य रहेको उहाँले जानकारी दिनुभयाे ।