हेटौंडा– सरकारले वीर अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले वीर अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले वीर अस्पताललाई कोभिड १९ अस्पतालको रुपमा प्रयोग गर्ने र त्यहाँ आएका अन्य नियमित सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट दिने निर्णय भएको जानकारी दिनुभयो । यस्तै बिहान बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले विभिन्न शिक्षण संस्थामा स्वास्थ्यस सम्बन्धी अध्ययनरत विद्यार्थीलाई कोभिड १९ को उपचार तथा नियन्त्रणका लागि खटाउने निर्णय पनि गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।