चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यकाे उपनिर्वाचनमा मतगणना चलिरहेकाे छ । अहिलेसम्म नाै हजार चार सय ४४ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवि लामिछानेकाे अग्रता कायमै छ ।
ताजा मतपरिणामअनुसार लामिछानेले चार हजार तीन सय ५८ मतसहित अग्रता लिइरहनुभएकाे छ । नेकपा एमालेका रामप्रसाद न्याैपानेले दुई हजार पाँच सय ५८ मतसहित लामिछानेलाई पछ्याइरहनुभएकाे छ । उहाँहरूबीच एक हजार सात सय ७३ मतकाे अन्तर रहेकाे छ । नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ लामिछानेभन्दा झन्डै दाेब्बर मतले पछि पर्नुभएकाे छ । उहाँले दुई हजार दुई सय पाँच मत प्राप्त गर्नुभएकाे छ । श्रेष्ठ लामिछानेभन्दा दुई हजार एक सय ५३ मतले पछि हुनुहुन्छ ।