नेपालमा पछिल्लो २४ घण्टामा थप नौ सय ६६ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या दुई लाख ४५ हजार सात सय नौ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा सात हजार जनाको पीसीआर परीक्षण गरिएकोमा सात सय २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा अहिलेसम्म दुई लाख ५५ हजार दुई सय ३६ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । यस्तै गएको २४ घण्टामा तीन जनाको ज्यान गएसँगै कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १७ सय ९८ पुगेको छ । नेपालमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार सात सय २९ रहेको मन्त्रालयले जनाएको छ ।