हेटौंडा– नेपाल कम्युनिष्ट पाट्री नेकपाका नेता टोपबहादुर रायमाझीले प्रचण्डले विधि र पद्धतीका कुरा गर्न नसुहाउने बताउनुभएको छ । आज काठमान्डौंमा आयोजित नेकपा वागमती प्रदेशका केन्द्रीय सदस्यहरूको अनुशिक्षण कार्यक्रममा उहाँले प्रचण्डले अहिले सम्म कुनै पनि काम विधि र पद्धती अनुसार नगरेको उल्लेख गर्नुभएको प्रशिक्षणमा सहभागि एक केन्द्रिय सदस्यले जानकारी दिनुभयो ।
प्रशिक्षण कार्यक्रममा उहाँले अहिले विधि र पद्धतीको कुरा गर्ने प्रचण्डले आफु पावरमा भएका बेला कसैसँग परामर्श गर्ने नगरेको बताउनुभयो । उहाँले प्रचण्डलाई ३० वर्ष भोगेको र प्रचण्ड कतै निर्वाचित नै नभई अध्यक्ष भईरहनुभएको साथै उहाँले कार्यकर्तालाई खल्तीको पैसाको रुपमा प्रयोग गर्ने गरेको बताउनुभएको ती केन्द्रिय सदस्यले जानकारी दिनुभयो । प्रचण्डकै कारण पाट्रीमा अहिलेको अवस्था सृजना भएको समेत उहाँले उल्लेख गर्नुभएको छ ।
प्रशिक्षण कार्यक्रममा उहाँले “प्रधानमन्त्री ओलीको नेपालमै किड्नी ट्रान्सफर गरी फर्कनु हुँदैन भन्ने सोँचेर सचिवालयमा छलफल नै नगरि प्रचण्डले एक्लै निर्णय गरेर ओलीलाई ५ वर्ष प्रधानमन्त्री चलाउन दिने र आफुले पाट्री चलाउने निर्णय गराउनुभएको तर, अहिले निर्णयबाट आफैँ भाग्न खोजेर प्रधानमन्त्रीलाई काम गर्न नदिनुभएको कुरा उल्लेख गर्नुभयो । उहाँले अहिले ओलीले राम्रो काम गर्दा सजाय दिने जस्तो कुरा क. प्रचण्ड र माधवले ल्याउनुभएको जिकिर गर्नुभएको छ । नेता राइमाझीले विकसित विचार र सोचाईलाई अनुशरण गरेर अगाडी बड्न सके मात्र समस्याको समाधान हुने साथै यस विषयमा जनतामा भ्रम चिर्न जरुरी रहेको भन्दै केन्द्रिय सदस्यहरुलाई आत्म विश्वासका साथ लाग्न निर्देशन दिनुभयो । उहाँले जनताको भ्रमलाई चिर्दै हामी फेरी पनि सफल हुने विश्वास व्यक्त गर्नुभएको ती केन्द्रिय सदस्यले जानकारी दिनुभएको छ । वाग्मती प्रदेशका केन्द्रीय सदस्यहरूलाई टोपबहादुर रायमाझीसहित ईश्वर पोखरेल र पद्मा अर्यालले प्रशिक्षण दिनुभएको थियो ।