प्रतिनिधि सभा सदस्य उपनिर्वाचन हुने तीन वटा निर्वाचन क्षेत्रमा आइतवार सार्वजनिक बिदा दिइएको छ । गृह मन्त्रालयले आज शुक्रवार एक सूचना निकालेर सार्वजनिक बिदाबारे जानकारी दिएको हो ।
बारा जिल्ला क्षेत्र नम्बर २, चितवन जिल्ला क्षेत्र नम्बर २ र तनहुँ जिल्ला क्षेत्र नम्बर १ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ । मतदानस्थल रहेका विद्यालय तथा सरकारी निकायमा भने वैशाख ८ गतेदेखि १० गतेसम्म तीन दिन बिदा हुने मन्त्रालयले जनाएको छ ।
